एमाले कार्यदलको बैठक साढी १२ बजे सिंहदरबारमा बस्दै

Ncc

काठमाण्डौं ।  नेकपा एमाले कार्यदलको बैठक सिंहदरबारमा १२ः३० मा पुनः बस्ने भएको । कार्यदलको बैठक बिहीबार साँझ ७ बजेबाट शुक्रबार (आज) बिहान ११ः३० बजेसम्मको लागि स्थगित गरिएको थियो । तर, आज पनि कार्यदलको बैठक १ घण्टा सरेको संयोजक सुवासचन्द्र नेम्वाङले जानकारी दिएका छन् । बैठक आज पनि पार्टी एकतामै केन्द्रीत रहने उनले बताए ।

त्यसो त, एमाले कार्यदलको बैठक सकारात्मक एवम् सहमति निकट भएको नेताहरुले बताउँदै आएपनि बिहीबार साँझ सिंहदरबारमा कार्यदलका नेता घनश्याम भुषालले विगत १० दिनदेखि कुनै प्रगति नभएको बताएका छन् ।

भुषाल एमाले नेता माधवकुमार नेपालको पक्षबाट कार्यदल बैठकमा सहभागी हुँदै आएका छन् । तर, नेता नेपाल समूहकै अर्का नेता गोकर्ण विष्टले कार्यदलको बैठक दिनहुँजसो प्रगति भएको भनाई राख्दै आएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...