एमाले कार्यदलको बैठक आज ११ बजे बस्ने

Uml working committee

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज पनि बस्ने भएको छ ।

आज बिहान ११ बजे सिंहदरबारमा पार्टी अध्यक्ष केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच भएको ‘वान टु वान’ वार्ताको विषयमा पनि छलफल गर्ने र पुनः ओली र नेपाललाई वार्तामा बसाउन पहल गर्ने कार्यदलको तयारी छ ।

सोमबारदेखि लगातार बसिरहेको बैठक निष्कर्ष नजिक रहेको नेताहरुले बताएका छन् । कार्यदलका सदस्य प्रदीप ज्ञवालीले आजसम्म विवाद टुंग्याउने गरि लाग्ने हिजै बताएका थिए । विवादका धेरै विषय निष्कर्ष नजिक रहेको र आजसम्म टुंग्याउने कार्यदलको तयारी छ ।

अलग पार्टीको अभ्यासमा अघि बढिसकेका एमालेका दुई शीर्ष नेताबीचको यो वार्ता निष्कर्षविहीन बन्यो । वार्तापछि ओली र नेपालले कुनै प्रतिक्रिया दिएनन् । तर वार्ताअघि ओली र नेपालसहित मेरियटमै भएको संयुक्त छलफलमा सहभागी एमालेका दोस्रो तहका नेताहरु भने बुधबार साँझको वार्ताबाट आशावादी देखिएका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...