विपक्षी गठबन्धनद्धारा प्रहरीको घेरा तोड्दै जिल्ला प्रशासन कार्यालय घेराउ

Dkt pradarsan 23

धनकुटा । विना कसुर पक्राउ गरिएको पाख्रिबास वडा नं. ४ का वडाध्यक्ष सोवित निरौलाको रिहाईको माग गर्दै विपक्षी गठबन्धनले धनकुटामा प्रदर्शन गरेको छ ।

प्रहरीको घेरा तोड्दै नेपाली कांग्रेससहित विपक्षी चार गठबन्धन दलहरुद्धारा आज धनकुटा जिल्ला प्रशासन कार्यालयमा धर्ना तथा सभा गरेका छन् ।

विपक्षी चार गठबन्धनका १५ जना नेताहरुलाई लगाएको झुठा मुद्धा तत्काल फिर्ता हुनुपर्ने, पाख्रिवासका ओली पक्षीय जनप्रतिनिधिहरुबाट भएको ज्यादती र दुव्र्यवहारविरुद्ध मुद्धा दर्ता गर्नुपर्ने, पक्राउ परेका पाख्रिवास वडा नं. ४ का वडाध्यक्ष निरौलाई विना शर्त रिहा गर्नुपर्ने लगायतका माग राख्दै विपक्षी गठबन्धनले धनकुटामा दिनहुँ प्रदर्शन गर्दै आएको छ । साथै उनीहरुले गठबन्धनका मागहरु तत्काल पूरा नगरे धनकुटा जिल्लाभरी सशक्त आन्दोलन गर्ने प्रशासनलाई चेतावनी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय धनकुटाको घेराउ गर्ने क्रममा प्रहरी घेरा तोड्ने क्रममा प्रहरीले बल प्रयोग गर्दा केही नेता तथा कार्यर्ताहरुलाई सामान्य चोटपटकसमेत लागेको थियो ।

नेपाली कांग्रेस धनकुटाको पार्टी कार्यालयबाट शुरु भएको सो ¥याली धनकुटा बजारको विभिन्न भागको परिक्रमा गर्दै जिल्ला प्रशासन कार्यालयको गेटमा नारावाजीसहित धर्ना दिएको थियो । सो धर्ना तथा ¥यालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एमाले माधव समुहका नेता तथा कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।

सो ¥यालीपछि आयोजित कोण सभामा प्रदेश सभा सदस्य आर सि तुम्बा, नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राई लगायतका नेताहरुले न्याय र समानताका लागी आन्दोलनको आधिवेहरी ल्याउने दावी गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...