साउन २५–२७ मा एमालेको विधान महाधिवेशन, ०७९ वैशाख ३० भित्र महाधिवेशन

Uml central committe meeting 18

काठमाडौं । नेकपा एमालेले साउन अन्तिममा विधान सम्मेलन गर्ने भएको छ । साथै निर्वाचनसँग जुध्न गए महाधिवेशन वैशाखमा सार्ने प्रस्ताव पेश भएको छ ।

नेकपा एमालेको केन्द्रीय कार्यसमिति बैठकले साङ्गठनिक निर्णयहरु गरेको छ । शनिबार बालुवाटारमा बसेको बैठकले विधान महाधिवेशन साउन २५–२७ काठमाडौँमा गर्ने गरेको हो ।

महासचिव ईश्वर पोखरेलले पेश गरेको सांगठानिक प्रतिवेदनमा असार मसान्तभित्र पार्टी सदस्यता नवीकरण गर्ने र केन्द्रीय विभागहरुलाई पनि असारभित्रै पूर्णता दिने प्रस्ताव गरिएको केन्द्रीय सदस्य महेश बस्नेतले जानकारी दिए ।

सबै जिल्लाबाट साउन ५ भित्र सदस्यता विवरण पठाउने र साउन २५ गते विधान महाधिवेशन गर्ने निर्णय भएको हो । बैठकमा भदौ ५ गते वडा अधिवेशन र १५ गते नगरपालिका र गाउँपालिकाहरुको अधिवेशन गर्ने कार्यतालिका बनेको बताइएको छ ।

साउन २५ देखि २७ गतेसम्म आयोजना हुने विधान महाधिवेशनको तयारीका लागि मुख्य नेतालाई जिम्मेवारी तोकिएको छ । बैठकले निर्वाचनको तयारीमा जुट्ने निर्णय गरेको र अधिवेशन तथा निर्वाचनमध्ये निर्वाचनलाई महत्व दिने निर्णय भएको केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।

यस्तै बैठकले भदौ ५ गते वडा र भदौ १५ गते पालिका अधिवेशन गर्ने निर्णय गरेको छ । ०७९ वैशाख ३० भित्र महाधिवेशन गर्ने गरी जान सकिने प्रस्ताव आए पनि निर्णय भने भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...