राष्ट्रिय फुटबल टिमका २० जनालाई कोरोना संक्रमण पुष्टि

Coronavirus testing

काठमाडौं । राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडी र अफिसियलसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएपछि बिहीबारदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण यही कारण स्थगित भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका प्रवक्ता किरण राईले प्रशिक्षण अघि गरिएको परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको बताए । ‘खेलाडी र अफिसियलसहित २० जनामा कोरोना पोजेटिभ देखिएको छ ।

आजदेखि सुरु हुने भनिएको बन्द प्रशिक्षण एक साता पछिलाई सारिएको एन्फाले बिहीबार बिहान सामाजिक सञ्जालमार्फत जनाएको थियो । साफ च्याम्पियनका लागि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले बन्द प्रशिक्षणमा ५० खेलाडी बोलाएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...