नेपाल समुहको ७ घण्टाको साझा निष्कर्ष : यथास्थितिमा बैठकमा जानु उपयुक्त छैन
काठमाडौं । नेकपा एमालेको केन्द्रिय समितिको बैठकमा वरिष्ठ नेता माधव नेपाल समूहलाई सहभागी बन्न आमन्त्रण गरिएपछि बसेको बैठकप्रति धेरैको चासो थियो । विहान ११ बजेबाट बसेको बैठकले के निर्णय गर्छ भन्ने धेरैलाई यो समुह शुक्रबारको बैठकमा सहभागी बन्ने लागेको थियो ।
बिहान ११ बजेदेखि सुरु भएको नेपाल–खनाल समुहको बैठक ६ बजे मात्रै सकियो । सात घण्टासम्म बसेको बैठकले अन्ततः अध्यक्ष केपी शर्मा ओलीले शुक्रबारका लागि बोलाइएको बैठक अवैध भएको नियकर्ष निकाल्दै सहभागी नबन्ने निष्कर्ष निकालेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन आयोजक कमिटी भंग भरी केन्द्रीय समिति ब्यूँताएका थिए । जसमा पूर्व माओवादीका २० जनालाई केन्द्रीय सदस्य बनाइएको छ । त्यसमा नेपाल पक्षको आपत्ति रहेको छ ।
शुक्रबार बोलाइएको केन्द्रीय समिति बैठकमा यथास्थितिमा नजाने सर्वसम्मत निर्णय गरेको नेता योगेश भट्टराईले जानकारी दिए । बैठकले पार्टी एकताका लागि आह्वान समेत गरेको छ । माधव समूहले प्याकेजमा सहमति गरिनुपर्ने बताउँदै आएको छ ।
प्रतिकृया दिनुहोस