नेपाल–खनाल समुहको स्थायी समिति बैठक आज बस्दै, के आउला निर्णय ?

Nepal khanal

काठमाडौं । नेकपा एमालेको नेपाल–खनाल समूहको स्थायी समिति बैठक आज बस्दैछ ।

महाधिवेशन आयोजक कमिटी भंग गरेको संस्थापन पक्षले २०७४ जेठ २ कै अवस्थाको केन्द्रीय कमिटी बैठक डाके भनेपछि यसबारे संस्थागत धारणा तय गर्न नेपाल-खनाल समूहको बैठक बस्न लागेको हो ।

अदालतले समेत अवैध भनेको कमिटीको बैठकमार्फत ६ जनालाई स्थायी समितिमा मनोनयन गरेपछि नेपाल–खनाल समूहमा असन्तुष्टि छ ।

अध्यक्ष केपी ओलीले जेठ २ मा पार्टीको संरचना फर्काएको बताए पनि फेरि जालझेल गर्दै पार्टीलाई २०७७ को फागुन २८ कै अवस्थासम्म पुर्‍याएका छन् ।

स्थायी समिति सदस्य युवराज ज्ञवालीले अवैध कमिटीबाट सदस्य थपेर पार्टी संरचना फागुन २८ कै परिस्थितिमा पुर्‍याएकाले यसबारे आजको स्थायी कमिटी बैठकमार्फत अपराह्नसम्म संस्थागत धारणा सार्वजनिक गरिने बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...