कांग्रेसमा महाधिवेशनको चटारो : निधि, कोइराला र सिंहबीचको लगातार भेटले तरंग पैदा

Congresha   neta

काठमाडौँ । नेपाली कांग्रेसको आसन्न महाधिवेशनमा सभापतिका तीन जना आंकाक्षीहरु शशांक कोइराला, विमलेन्द्र निधिबीच  भेटवार्ता भएको छ । मंगलबार काठमाडौँ १६ चाक्सीबारीस्थित नेता प्रकाशमान सिंहको निवासमा तीन नेताहरुबीच भेटवार्ता भएको हो।

कांग्रेसमा परम्परागत समीकरण भत्काएर नयाँ समीकरण निर्माण गर्ने तयारीमा रहेका यी नेताहरुबीच यसअघि पनि दुई पटक भेटवार्ता भएको थियो। यसअघि बानेश्वरस्थित निधि निवास र महाराजगञ्जस्थित कोइराला निवासमा नेतात्रयबीच छलफल भएको थियो।

विरासतको राजनीति गर्दै आएका यी नेताहरुको लगातारको भेटले कांग्रेसमा तरंग उब्जेको छ। निधि लामो समयदेखि सभापति शेरबहादुर देउवाको समूहमा छन्। तर १४ औँ महाधिवेशनमा आफूलाई सभापतिको उम्मेदवार बनाउन देउवा सहमत नभएपछि उनी नयाँ समीकरण निर्माण गरेर अघि बढ्ने तयारीमा छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...