ओलीले भने, प्रचण्डको पुच्छर माधव नेपाललाई प्रधानमन्त्रीको प्रस्ताव गर्न मलाई बोहुला कुकुरले टोकेको छ र  !

Kp sharma oli.


काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रोशित बेनेका छन् ।

पछिल्लो समय फुटको संघारमा रहेको एमालेको विवाद मिलाउन पहल भइरहेको भनिएका बेला प्रधानमन्त्री ओलीले वरिष्ठ नेता नेपालप्रति आक्रोश पोखेका हुन्।

सोमबार मदन भण्डारीको ७० जन्मजयन्तिका अवसरमा आयोजित कार्यक्रममा बोल्दै  उनले नेपाललाई प्रधानमन्त्री प्रस्ताव गर्नका लागि आफूलाई बहुला कुकुरले नटोकेको बताए।

‘कहिले अध्यक्षको प्रस्ताव राखेको छ भन्छन्। एक ढंगले भन्ने हो भने प्रचण्डका पुच्छर हुन्। पुच्छर भएपछि जन्तु पूर्व फर्किए त्यो पश्चिमतिर हुन्छ। पछाडि पछाडिसँगै हुन्छ,’ प्रधानमन्त्री ओलीले भने। 
केही दिनअघि नेता नेपालले आफूलाई ओली पक्षकाले प्रधानमन्त्री अफर गरेको भए पनि सहयात्री दललाई धोका दिएर आफूले ओलीको प्रस्ताव नस्वीकार्ने बताएका थिए।

ओलीले नेपालको उक्त कुरालाई धाकको संज्ञा दिएका छन्।  

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...