नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश

Republic euro 2020

काठमाडौं । १६ औँ संस्करणको युरोकप फुटबल अन्तर्गत नेदरल्याण्डलाई हराउँदै चेक रिपब्लिक क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

समूह चरणमा सबै खेलमा जित हात पार्दै शत प्रतिशत नतिजा निकालेको नेदरल्याण्डले यात्रा अन्तम १६ मै टुंगिएको छ । समूह चरणमा चेक रिपब्लिकले उत्कृष्ट तेस्रो हुँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।

आइतबार राति हंगेरीको पुस्कास एरिना स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई २-० गोल अन्तरले हराउँदै चेक रिपब्लिक अन्तिम आठमा प्रवेश गरेको हो ।

चेक रिपब्लिकलाई जिताउन टोमस होल्स र प्याट्रिक शिकले एक–एक गोल गरे । खेलको ६८ औँ मिनेटमा होल्सले हेडिङमार्फत गोल गर्दै १–० को अग्रता बनाएका थिए । त्यसैगरी खेलको ८०औँ मिनेटमा प्याट्रिकले गोल गर्दै चेक रिपब्लिकको जित सुनिश्चित बनाएका थिए ।

अब चेक रिपब्लिकले क्वार्टरफाइनलमा डेनमार्कसँग खेल्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...