कांग्रेसमा महाधिवेशनको रन्को : सभापतिका आकांक्षी तीन नेताको भेटले नयाँ तरंग पैदा

Sasang bimalendra prakashmansing  2021584

काठमाडौँ । आसन्न १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न कटिबद्ध बनेर लागेका तीन नेताबीचको छलफलले पार्टीभित्र नयाँ तरंग सृजना गरेको छ ।

सभापतिका आकांक्षी नेतात्रय विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको हो ।

तीनै नेता पार्टीका कुनैबेला नेतृत्व गरिसकेका तीन पिताका पुत्र हुन् । बीपी, गणेशमान र महेन्द्र नारायणका तीन छोरा आफै पनि नेतृत्वको आकांक्षी हुन् । तर १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुटेका हुन् ।

यसक्रममा शुक्रबार कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेताबीच लामो छलफल भयो र एक ठाउँमा उभिन सकारात्मक पहल थालिएको प्रतिक्रिया आएको छ । भेटमा पार्टीको भदौंमा हुने १४औं महाधिवेशन र राष्ट्रिय राजनीतिकाबारे छलफल भएको भन्दै कोइरालाले आगामी दिनमा पनि संवादमा रहने प्रतिक्रिया दिए ।

तीन नेताबीच सभापतिको उम्मेदवारीसमेतका विषयमा छलफल भएको भन्दै महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र हाम्रा बीचमा सहमति हुनसक्ने सम्भावना रहेको प्रतिक्रिया दिए ।

पार्टीलाई गुट/उपगुटमा विभाजित गर्दा धराशायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानुपर्नेमा आफूहरु सहमत भएको उनको भनाइ थियो ।

संवादका पहलकर्ता उपसभापति निधिले पनि आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्ता उत्साहित भएकाले एउटै आवाज हुने टिप्पणी गरे । अलग–अलग गुटका नेता एकै ठाउँमा बसेर गुट बनाएको नभई तोडेको उनको भनाइ थियो ।

सभापतिका अर्का आकांक्षी सिंहले समय आएपछि सभापतिमा को उठ्नेबारे औपचारिक घोषणा गरिने प्रतिक्रिया दिए । तर छलफल सकारात्मक दिशामा उन्मुख भएको उनको भनाइ छ । सिंहले भने, ‘पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउनु पर्छ भन्ने जनताको चाहना छ । कार्यकर्ताको चाहना छ । लोकतन्त्र र कांग्रेसको हितमा कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्नेबारे हामी छलफल गर्दैछौं ।’

यसअघि, उपसभापति निधिले नै महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै घरमा बोलाएर छलफल गरेका थिए । शेरबहादुर देउवाको हातबाट नेतृत्व तल्लो तहमा ल्याउन तीनै नेता तयार देखिए पनि सभापतिका आकांक्षी उनीहरुले कसले कसलाई नेतृत्व छाड्न तयार होलान् त्यो भने अहिले नै प्रष्ट देखिन्न ।

यद्यपि, नेतृत्व हस्तान्तरणको मुद्दा बनाएर बहस चलाइरहेका युवा पुस्ता पनि यो पहलकदमीबाट उत्साहित भने देखिएको छ । सोमबार नै निधिले गरेको छलफलमा युवा नेताहरुले तल्लो तहमा नेतृत्व ल्याउन आफूहरुले सघाउने बताएका थिए ।

आफ्नो उम्मेदवारीका लागि शुरुमा सभापति देउवासँग समर्थन मागेका निधिलाई १४ औं महाधिवेशनमा पनि आफै उम्मेदवार रहने भन्दै सघाउन भनेपछि निधि देउवाको शिविरबाट अलग्गिँदै अरु दुई नेतासँग छलफलमा बसेका हुन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...