ह्वात्तै घट्यो काठमाडौँ उपत्यकामा संक्रमण, ३७९ जना संक्रमित थप
काठमाडौँ । काठमाडौँ उपत्यकामा सोमबार थप ३७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २८५, ललितपुरका ६१ तथा भक्तपुरका ३३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै पछिल्लो २४ घण्टामा देशभर थप २ हजार २ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४६ जना संक्रमितको मृत्यु भएको छ।
गत २४ घण्टामा ६ हजार ५ सय ८३ पीसीआर तथा ४ हजार ३ सय २१ एन्टिजेन परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस