माओवादीको आकस्मिक बैठकले गर्‍यो दल बदल गरेकाहरुलाई कारबाही

Maost ofice

काठमाडौं । नेकपा माओवादी केन्द्रले दल बदल गरेका स्थानीय तहका जनप्रतिनिधि र केन्द्रीय सदस्यहरुलाई पार्टीबाट निष्कासन गर्ने औपचारिक निर्णय गरेको छ ।

सोमबार बिहान बसेको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकसित राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गरेका छन् । साथै उक्त बैठकले निर्वाचन आयोगसँग सम्बन्धित निर्णय पनि गरेको छ ।

यसअघि बसेको माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकले दल त्याग गरेकाहरुलाई कारबाही गर्ने निर्णयको अधिकार अध्यक्ष प्रचण्डलाई दिएको थियो । सोही अधिकारअनुसार माओवादी केन्द्रले निर्वाचन आयोगमा कारबाहीबारे जानकारी गराएको थियो । तर, आयोगले केन्द्रीय समितिको बैठकले कारबाहीको निर्णय नभएको भन्दै दल त्यागको सूचना जारी गरेको थिएन ।

स्थानीय तहका १८ सहित केन्द्रीय समितिका केही नेताहरुलाई माओवादी केन्द्रले पार्टी छोडेको भन्दै कारवाही गरेको हो । आजको आकस्मिक बैठकले स्थानीय तहका साथै पार्टी छोडेका केन्द्रीय तहका नेताहरुका बारेमा पनि कारवाहीको प्रस्तावलाई अनुमोदन गरेको छ ।

यसअघि शुक्रबार नेताहरु लीलामणि पोखरेल, देव गुरुङ लगायतका नेताहरु निर्वाचन आयोग पुगेर पार्टी छोडेर अन्यत्र गएकाहरुलाई पार्टीले कारवाही गरेपनि आयोगले दल त्याग गरेको सूचना प्रकाशित नगरेको भन्दै आयोगका पदाधिकारीको ध्यानाकर्षण गराएका थिए ।

यसअघि सो पार्टीले पार्टी छोडेकाहरूलाई कारवाही गरेको पत्र निर्वाचन आयोगमा पठाए पनि केन्द्रीय कमिटीबाटै अनुमोदन हुनुपर्ने प्रावधानका कारण आयोगले त्यसबारे निर्णय लिएको थिएन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...