सानेपामा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु

Nepali congress 4 652

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरु भएको छ। पार्टी कार्यालय सानेपामा बैठक सुरु भएको हो।

बैठकले नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णयलाई औपचारिकता दिनेछ।

यसअघि जेठ २९ गते बुढानिलकण्ठस्थित सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने निर्णय गरेको थियो।

सोही निर्णयलाई औपचारिकता दिन बिहीबार केन्द्रीय कार्यसमिति बैठक बसेको हो। कांग्रेसले आउँदो भदौ ७ देखि १० गतेसम्मका लागि तोकिएको महाधिवेशन नौ दिन पर सारेर भदौ १६ देखि १९ गतेसम्म गर्ने तयारी भएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...