निरन्तर ओरालो लाग्यो संक्रमितको संख्या : थप २७४५ जनामा कोरोना संक्रमण, ४१८७ जना संक्रमण मुक्त

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ७ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
मंगलबार देशभर ४१ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५ सय ६ पुगेको छ।
यस्तै गत २४ घण्टामा ४ हजार १ सय ८७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् भने देशभर ६३ हजार २५७ सक्रिय संक्रमित रहेका छन्।
गत २४ घण्टामा ७ हजार ४ सय ४९ पीसीआर तथा ५ हजार ८ सय ४१ एन्टिजेन परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस