किन रोकियो कोभिड विरुद्धको खोप अभियान ? यस्तो छ कारण

Khop vaccine

काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन पाइन्छ र कोरोनाबाट मुक्ति पाइन्छ भनेर काठमाडौंवासी दंग गरेका थिए । तर दुर्भाग्य आजदेखि काठमाडौं महानगरपालिकामा कोभिड–१९ विरुद्धको खोप अभियान सुरु भएको दुई दिन मै रोकिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जेठ २४ गतेको पत्र भन्दै स्वास्थ्य विभागले वडाहरुलाई आग्रह गरेको थियो । तालिकाअनुसार जेठ २६ गते ६३ बर्षका लागि, जेठ २७ गते ६२ बर्षका लागि दिइसकिएको छ ।

सोही अनुसार नै आज जेठ २८ गते ६१ बर्षका लागि र जेठ २९ गते ६० बर्ष उमेरका व्यक्तिलाई खोप दिने तालिका थियो । तर महानगरपालिकाले अचानक खोप अभियान स्थगित गरेको छ ।

‘तीन दिनको अवधिमा ६०–६४ वर्ष उमेर समूहका करिब २८ हजार जेष्ठ नागरिकले पहिलो डोज खोप लगाएका छन् । स्वास्थ्य सेवा विभागको खोप महाशाखाले नै आजदेखि खोप उपलब्ध गराउन नसक्ने जानकारी आएपछि शुक्रबार र शनिबार सञ्चालन हुने खोप अभियान रोक्न बाध्य भएको महानगरपालिकाले जनाएको छ ।

खोप लगाउन चाहनेहरुको संख्या अत्याधिक छ । तर, खोपको मात्र अपूरो छ । बाँकी रहेको चार हजार खोप अपुग हुने भएपछि सरकारले थप खोप उपलब्ध नगराएसम्मका लागि स्थगित गरिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...