धनकुटामा पहिलो दिन ४ सय ७० ले लगाए कोभिड विरुद्धको खोप

धनकुटा । धनकुटा जिल्लामा पहिलो दिन ४ सय ७० जनाले कोभिड विरुद्धको भेरोशिल खोप लगाएका छन् ।
पहिलो चरणको खोप लगाई सकेकाहरुलाई दोस्रो चरणको खोप र ६० वर्षदेखि ६२ वर्षसम्मका उमेर समुहका गरी जम्मा ४ सय ७० जनाले पहिलो दिन कोभिड विरुद्धको खोप लगाएका छन् ।
धनकुटा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख तुलसीप्रसाद गुरगाईका अनुसार भोली २८ गते पनि सात वटै खोप केन्द्रमा खोप लगाउनु अभियान संचालन गरिने छ ।
धनकुटा जिल्लामा स्वास्थ्यकर्मी, सफाईकमी, एम्बुलेन्स चालक र पहिलो चरणमा लगाएकाहरुलाई दोस्रो चरणको खोप लगाइएको छ ।
धनकुटा अस्पताल विकास समितिका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राई लगायतका पदाधिकारीहरु र पत्रकारहरुले धनकुटा जिल्ला स्वास्थ्य कार्यालय धनकुटामा संचालन भएको कोरोना विरुद्धको खोप लगाउने अभियानको अनुगमन गरेका थिए ।
प्रतिकृया दिनुहोस