सभामुखले बोलाएको सर्वदलीय बैठकमा ओली नजाने

Kp oli 14

काठमाडौं । पछिल्लो राजनीतिक घटनाक्रममको विषयमा सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नजाने भएका छन् ।

बैठकमा प्रधानमन्त्री ओलीलाई पत्र पठाएर बैठकमा बोलाइएको भए पनि ओली नजाने निश्चित भएको प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो । सल्लाहकार थापाले त्यसरी पत्र नपठाई प्रधानमन्त्रीलाई भेटेर छलफल गर्नु पर्नेमा पत्र पठाइएकोले सभामुखले बोलाएको सर्वदलीय बैठकमा सहभागी नबन्ने बताए ।

सभामुखले पठाएको पत्र पार्टी कार्यालय पठाएका थिए । उनले प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्रीको हैसियतमा भन्दा पनि नेकपा एमालेको अध्यक्षको हैसियतमा सहभागी गराउन खोजेका थिए । सभामुख अग्निप्रसाद सापकोटाले शुक्रबार दिउँसो २ बजे संसद् भवनमा सर्वदलीय बैठक आह्वान गरेका छन् ।

सभामुखले बोलाएको बैठकमा एमालेकै असन्तुष्ट पक्षका नेतृत्व गरिरहेका माधवकुमार नेपाल र झलनाथ खनाल भने बैकठमा सहभागी बन्ने भउका छन् । सभामुख जारी संवैधानिक र राजनीतिक संकटको समाधान के हुन्छ भनेर छलफलमा जुटिरहेका छन् । उनले अन्य व्यक्तिहरुसँग पनि छलफल गर्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...