प्रदेश २ मा मन्त्रिमण्डल बिस्तार : कांग्रेसलाई ३, माओवादीलाई शुन्य

Sapath pradesh 2

काठमाडौं । मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन् । आजै साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्रीहरूमा रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास र वीरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री छन् ।

जसपासँग दुई बुँदे सहमति भएसँगै सरकारमा सहभागी भएका ३ मन्त्रीलाई बुधबार राती प्रदेश प्रमुख राजेश झा (अहिराज) ले पद तथा गोपनीयताको शपथ गराए ।

जसपाभित्रको विवादका कारण मुख्यमन्त्री लालबाबु राउतले महन्थ ठाकुर पक्षका एक मन्त्री र ३ राज्यमन्त्रीलाई बर्खास्त गरेर कांग्रेससँग सहकार्यको हात बढाएका हुन् ।

केन्द्रमा राजनीतिक गठबन्धनमा रहेको माओवादीलाई पनि सरकारमा सहभागी गराउन खोजे पनि मन्त्रालयमा भागबण्डा मिल्न नसकेपछि माओवादी तत्काल सरकारमा सहभागी नहुने बताएको छ ।

माओवादीले २ मन्त्रालय मागेकोमा जसपाले अन्तिम समयमा १ मन्त्रालय मात्रै दिन सकिने बताएपछि रुष्ट भएका माओवादी सरकारमा सहभागी नहुने जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...