ओलीको शर्त नमान्ने नेपाल–खनाल समुहको निष्कर्ष, हस्ताक्षर फिर्ता नलिने

Nepal khanal

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आइतबार मध्यराती माधवकुमार नेपाल पक्षलाई एकतामा ल्याउन ६ बुँदे प्रस्ताव ल्याए । ओलीले एकताका नाममा विभिन्न शर्तहरु राखेपछि नेपाल–खनाल समुह नै विभाजित बन्यो ।

ओलीको प्रस्तावमा साझा धारणा बनाउन नेपाल–खनाल समुहका स्थायी कमिटी बैठक पनि बस्यो । आजको बैठकले एकताको मार्गलाई स्वीकार गर्नसक्ने धेरैको आँकलन थियो । तर ठीक त्यसको विपरित नेपाल–खनाल समुहले शर्त राखेर एकता नहुने निष्कर्ष निकालेको छ ।

समूहले संसद् पुनर्स्थापनाको माग राखेर सर्वोच्च अदालतमा दायर रिटबाट हस्ताक्षर फिर्ता लिने प्रस्ताव नै गलत भएको निष्कर्ष निकालेको छ । संसद विघटन गलत हो भन्ने स्थापित नहुँदासम्म हस्ताक्षर फिर्ता नलिने नेपाल समूहको निर्णय छ ।

खनाल–नेपाल समूहले शर्त स्वीकार गरेर एकता नहुने अडान राख्दै ओलीले आइतबार प्रस्तुत गरेको ६ बुँदे प्रस्तावको लिखित जवाफ दिने भएको छ । ओलीको प्रस्तावको हरेक बुँदाको जवाफ दिने गरी तयारी गरेको स्थायी कमिटी सदस्य बेदुराम भुसालले जानकारी दिए ।

नेपाल–खनाल समूहको स्थायी कमिटीको भर्चुअल बैठक सोमबार बसेको थियो । बैठकले यसअघि नै प्रस्तुत गरेका ६ बुँदे प्रस्ताव स्वीकार गरे मात्रै पार्टी एकताको वातावरण बन्ने निष्कर्ष निकालिएको भुसालले जानकारी दिए ।

‘अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि भनेर ६ बुँदे प्रस्ताव चालबाजी मात्रै हो भन्ने साझा निष्कर्षमा हामी पुगेका छौँ । शर्त मानेर एकता सम्भव छैन’, भुसालले भने, ‘लोकतान्त्रिक प्रणाली–व्यवस्था, संविधान जोगाउन गरिएको हस्ताक्षर फिर्ता हुँदैन । पार्टी एकता नै गर्ने हो भने हामीले यसअघि वैशाख २६ गते पेस गरिएको ६ बुँदे मान्न केपी ओली तयार हुनुपर्छ । त्यही ६ बुँदेको आधारमा पार्टी एकता हुन्छ ।’

जेठ ३ मा फर्कने भनेको माओवादी केन्द्रबाट रहेका रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, गौरिशंकर चौधरी, दावा लामासहित २३ जना नेताहरू स्वीकार्नुपर्ने शर्त भएकाले यो पार्टी एकताको प्रस्ताव नभएको स्थायी कमिटीको निचोड रहेको उनको भनाइ थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...