ओलीले मेरो कारण एकता विफल भएको भनेर लगाएको आरोप झुठ हो : प्रचण्ड

Parchanda

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो कारण नेकपा एकताको प्रयास सफल नभएको भन्ने आरोप भ्रामक रहेको प्रतिक्रिया दिएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार जारी गरेको वक्तव्यमा प्रचण्डका कारण एकतको प्रयास सफल नभएको उल्लेख छ । प्रचण्डले ओलीको उक्त भनाइ षड्यन्त्रपूर्ण भएको भन्दै त्यसको निन्दा पनि गरेका छन् ।

‘प्रधानमन्त्री केपी शर्मा ओलीले प्रचण्डको कारण एकताको प्रयास सफल नभएको भन्ने भनाइ झुठ, भ्रामक र षड्यन्त्रपूर्ण छ । त्यस प्रकारको अभिव्यक्तिको घोर निन्दा र भत्र्सना गर्दछु’, उनले सामाजिक सञ्जालमा भनेका छन् ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...