नेपाल–खनाल समुहले कार्यकर्तालाई भन्यो, ‘ओलीको चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्नुस्’

यस्तो छ भर्चुअल बैठकबाट पारित १० बुँदे प्रस्ताव

Nepal khanal

काठमाडौं । नेकपा एमालेको बरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ । साथै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले चालबाजीपूर्ण वार्ता गरेकाले भ्रममा नपर्न कार्यकर्तालाई अपिलसमेत गरेको छ ।

आफूहरुले अघि सारेका मागहरु निश्चित समयावधिमा विश्वसनीय रुपमा कार्यान्वयन हुने सहमति सार्वजनिक भए मात्र अध्यक्ष केपी शर्मा ओली एकताको पक्षमा रहेको ठहरिने माधवकुमार नेपाल समूहको केन्द्रीय सदस्यहरुको भर्चुअल बैठकले निष्कर्ष निकालेको हो ।

खनाल–नेपाल पक्षको स्थायी कमिटी बैठकबाट पारित गरिएका १० बुँदे प्रस्तावमा ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गरेको उल्लेख छ ।

‘पार्टी एकताका लागि अन्तिम समयसम्म हामीले गरेको प्रयासलाई अनेक बहानामा सार्थक हुन नदिइ पार्टीलाई एकताबद्ध राख्ने हाम्रो चाहनामा कुठाराघात गरिएको छ । हाम्रो तर्फका कार्यदलका संयोजकलाई पार्टी सदस्यबाटै कथित निष्कासन गरी केपी ओलीले कार्यदलको औचित्यसमेत समाप्त गरी वार्तालाई दाउपेचको रुपमा दुरुपयोग गर्ने र वार्ताको औचित्य समाप्त गर्ने काम गर्नु भएको छ,’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ, ‘यस्तो स्थितिमा जबसम्म पार्टी एकताका लागि हामीले लिखित रुपमा दिएको पत्रमा उल्लेखित कुराहरु विश्वसनीय रुपमा पूरा हुँदैनन् तबसम्म वार्ता फगत समय कटाउने चालमात्र ठहरिनेछ । चालबाजीपूर्ण वार्ताको भ्रममा नपर्न सम्बद्ध सबैसँग आग्रह गर्दछौं ।’

यो समूहले संगठनात्मक स्थितिलाई वडा र टोलसम्म अगाडि बढाउने निर्णय पनि गरेको छ । केपी ओलीबाट निरन्तर फुट र गुटको अभ्यास भइरहेका आरोप समेत नेपाल पक्षले लगाएको छ ।

नेपाल समूले कुनै ठोस परिणाम नआई पार्टी एकताका नाममा हुने प्रचार र भ्रममा नपरी आ–आफ्नो ठाउँमा सशक्त र एकतावद्ध रुपमा संगठन निर्माणको काममा सक्रिय रहन सम्पूर्ण नेता, कार्यकर्ता र सदस्यहरुमा हार्दिक् आह्वान समेत गरेको छ ।

बिहीबार र शुक्रबारको केन्द्रीय कमिटी बैठकमा आएका सुझावलाई समेत समेटेर शनिबारको स्थायी कमिटी बैठकले १० बुँदे प्रस्ताव पारित गरेको थियो । उक्त प्रस्ताव आइतबार सार्वजनिक गरिएको हो ।

माधव समूहले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली वाह्य शक्तिसामु लम्पसार परेको आरोप लगाएको छ । संविधान, लोकतन्त्र, संसद, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका लागि वामपन्थी र लोतन्त्र पक्षधर दलहरुसँग सहकार्य गर्नु परेको बताउँदै यो समूहले प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनबाट हस्ताक्षर फिर्ता नलिने प्रष्ट पारेको छ ।

बैठकबाट पारित १० बुँदे प्रस्ताव

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...