नयाँ पार्टी गठन गर्न टिममा परिस्थिति अनुकूल देखिएन : नेता नेपाल

Madhav nepal

काठमाडौं । नेकपा (एमाले) का नेता माधवकुमार नेपालले नयाँ पार्टी गठन गर्न टिममा परिस्थिति अनुकूल नदेखिएको बताएका छन् । आफूनिकट जिल्ला अध्यक्ष र सचिवको भर्चुअल भेलामा नेता नेपालले टिमभित्रै मत बाझिएकाले नयाँ आन्दोलन निर्माण गर्न नसकिएको बताएका हुन् ।

“जिल्ला अध्यक्ष तथा सचिवहरूले तत्काल बोल्ड डिजिसन गरेर अघि बढ्नुपर्ने, प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारिताले सीमा नाघिसकेकाले उनीसँग मिल्ने सम्भावना देखिँदैन,” भर्चुअल बैठकमा सहभागी एक नेताले भने, “अलमल नगरी छिट्टै निष्कर्षमा पुग्नुपर्छ भन्ने केही जिल्ला नेताहरूको राय थियो ।”

जवाफमा नेता नेपालले समूहका केही नेताहरू अझै पनि मिल्न सकिन्छ कि भनेर ओली पक्षसँग वार्तामा बसेकाले निर्णय गर्न कठिनाइ भएको बताएका थिए । “नयाँ पार्टी गठन गर्न टिममा समस्या भयो । परिस्थिति पनि अनुकूल देखिएन । संसद्मा प्रतिनिधिसभा विघटनको मुद्दा विचाराधीन छ । एमालेकै तर्फबाट हामी त्यहाँ मुद्दा लडिरहेका छौँ,” नेता नेपालको भनाइ उद्धृत गर्दै भने, “हिजो केन्द्रीय कमिटीका नेताहरूसँग पनि छलफल गरेर राय लिने काम भयो । अब छिट्टै हामी एउटा निष्कर्षमा पुग्छौँ ।”

नेता नेपालले समूहका केही नेता अझै ओली पक्षसँग संवाद गरेर परिणाम निकाल्छौँ भनेर लागे पनि त्यो सम्भावना नरहेको बताएका थिए । “हामीले विभाजन गरेर जान खोजेको होइन । केपी ओली नै विभाजनका कारक हुन् । उनले नै पार्टी फुटाउन खोजेका हुन् भन्ने घटनाक्रमले पुष्टि गरिसकेको छ । अहिले पनि उनी पार्टी एकताको आधार बनाउने भन्दा पनि टालटुले कुरा गरिरहेका छन् । जेठ २ मा फर्कन अनिच्छा देखाइरहेका छन् । यस्तो अवस्थामा एउटा निष्कर्षमा पुग्नैपर्छ,” नेता नेपालको भनाइ उद्धृत गर्दै अर्का जिल्ला अध्यक्षले भने ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...