माधव र झलनाथलाई ४ नेताको १० बुँदे ध्यानाकर्षण पत्र : हामी सिद्धिन्छौं, अब वार्ता बन्द गरौं

Uml 4 leaders letters

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाललाई चार नेताले पत्र पठाएर वार्ता बन्द गर्न आग्रह गरेका छन् ।

एमाले नेतारू जगन्नाथ खतिवडा, विजय पौडेल, राजेन्द्र राई र प्रकाश ज्वालाले पठाएको पत्रमा वार्ताको पहल बन्द गर्न आग्रह गरिएको छ। उनीहरू वार्ता कार्यदलको औचित्य सकिएको जनाएका छन् ।

पत्रमा उनीहरूले भनेका छन्, ‘वार्ता गर्ने कार्यदलको औचित्य समाप्त भइसकेको छ, यसलाई तत्काल बन्द गरौं ।’ उनीहरूले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले शीर्ष नेताहरूलाई निष्काशन गर्ने निर्णय गरेकाले कार्यदलको औचित्य सकिएको बताएका छन् ।

उनीहरूले बुझाएको पत्रमा कार्यदलमा रहेका नेताहरूले सबै केन्द्रीय सदस्यको प्रतिनिधित्व नगर्ने जनाएका छन् । उनीहरूले अब वार्ताको पलह छोड्नुपर्नेमा जोड दिएका छन् ।

उनीहरूले एमाले २०७५ जेठ २ को अवस्थामा नफर्किए समस्याको हल नहुने बताएका छन् । उनीहरूले राष्ट्रिय भेला, कर्णालीमा फ्लोर क्रस, राष्ट्रिय सभा उपनिर्वाचनमा आफ्नै उम्मेद्वार र केपी ओलीलाई खराब प्रवृत्तिका नाइके घोषणा गरिनुको अर्थ २ जेठमा फर्कन मात्रै नभएको उनीहरूको भनाइ छ ।

नेपाल पक्षका चार जना नेताले दिएको पत्रमा अब अगाडि बढ्नुपर्ने बताएका छन् । ‘हामी आफैं आफ्नो एजेण्डा छोडेर नैतिक र बैचारिक रुपले घरको न घाटको बन्ने दिशामा हिंड्न थाल्यौं भने हाम्रो राजनीतिक स्वत्व बाँकी रहँदैन,’ उनीहरूले भनेका छन् ।

 हेर्नुहोस् पत्रको पूर्ण विवरण 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...