प्रधानमन्त्री ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक, होला थप १२ जना नेतालाई कारवाही ?

Pm kp oli

काठमाडौँ । नेकपा एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पनि पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।

स्थायी कमिटी सदस्य सुवास नेम्वाङका अनुसार ओलीले दिउँसो ४ बजे सरकारी निवास बालुवाटारमा बैठक बोलाएका हुन्।

यसअघि मंगलबार पनि ओलीले बालुवाटारमा पार्टीको स्थायी कमिटी बैठक बोलाएका थिए। बैठकमा माधवकुमार नेपाल पक्षका थप १२ जना नेताहरुलाई अनुशासन उल्लंघनको कारवाही गर्ने अनुमान गरिएको थियो।

तर बैठक अगावै पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले स्पष्टीकरण सोधिएका नेताहरुका मामिलामा छलफल गर्ने एजेण्डा बैठकमा नरहेको जानकारी दिएका थिए।

ओलीले नेपाल पक्षका १२ जना नेतालाई यही जेठ १२ गते स्पष्टीकरण सोधेका थिए। त्यसअघि जेठ १० गते उनले नेपालसहित ११ जना नेतालाई पार्टीको साधारण सदस्यसमेत नरहनेगरी पार्टीबाट निस्काशनको निर्णय स्थायी कमिटी बैठकबाट गराएका थिए।

नेकपा एमाले विभाजनको सङ्घारमा छ । तर पार्टीका दोस्रो तहका नेताहरु पार्टी एकताको प्रयासलाई छोडेका छैनन्। पार्टी एकताका लागि गठित कार्यदलयका सदस्य नेता भीम रावल पार्टीबाट निष्काशित भएपछि कार्यदल निष्कृय भएको थियो। तर पनि कार्यदलका अन्य सदस्यहरुले पार्टी एकताको प्रयास जारी राखेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...