सिंहदरबारमा विपक्षी गठबन्धनका शीर्ष नेताहरु छलफलमा

Deuba nepal prachanda 5

काठमाडौँ । विपक्षी गठबन्धनका शीर्ष नेताहरु संवादमा जुटेका छन्। संसद पुनःस्थापना र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेको भोलिपल्ट विपक्षी गठबन्धनका नेताहरु संवादमा जुटेका हुन्।

सिंहदरबारमा कांग्रेस, माओवादी केन्द्र, एमालेबाट निष्कासित माधव नेपाल समूह र जसपाका नेताहरुबीच छलफल भइरहेको हो। सोमबार विपक्षी गठबन्धनका १४६ जना सांसदहरुले संसद विघटन बदर र देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्चमा रिट हालेका थिए। त्यसमा नेकपा एमालेका २३ जना सांसदहरुले पनि हस्ताक्षर गरेका छन्।

त्यसलगत्तै बसेको एमाले स्थायी कमिटिको बैठकले वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवनेपालसहित ११ जनालाई साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...