एमालेमा चल्यो कारवाहीको लहर : एमालेले गर्‍यो ११ नेतालाई कारवाही

Nepal khanal

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेभित्रको विवाद भुषको आगो झै सल्किएको छ । पार्टीभित्रको विवाद चर्किदै गर्दा कारवाहीको लहर पनि चल्न थालेको छ । यही क्रममा एमालेले पार्टीका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जनलाई नेतालाई कारबाही गरेको छ ।

बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले उनीहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरेको हो । योसँगै एमाले विभाजन हुने स्पष्ट भएको छ ।

बैठकले माधवकुमार नेपाल, झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई पार्टी सदस्य नै नरहने गरी कारवाही गरेको हो । एमालेले उनीहरुलाई स्पष्टीकरण सोधेको तियो । तर उनीहरुले जवाफ नै दिएका थिएनन् ।

बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्ने थप १२ जनालाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

एमालेले नेताहरू सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, झपट रावल, भवानीप्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दिपकप्रकाश भट्ट र नारायण खतिवडालाई स्पष्टीकरण सोध्ने निर्णय भएको हो ।

यसअघि शनिबार बसेको स्थायी कमिटी बैठकले देउवालाई प्रधानमन्त्री बनाउन प्रस्तावका लागि हस्ताक्षर गर्ने २६ सांसदमध्ये ११ सांसदलाई स्पष्टीकरण माग गर्ने निर्णय गरेको थियो ।।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...