देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमालेका ११ सांसदसँग स्पष्टीकरण माग

Uml

काठमाडौँ । नेकपा एमालेले ११ जना सांसदसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बालुवाटारमा बसेको स्थायी कमिटी बैठकले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्ने प्रयोजनका लागि हस्ताक्षर गरेका ११ सांसदलाई लिखित स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

बैठकबारे जानकारी दिँदै प्रवक्ता प्रदीप कुमार ज्ञवालीले माधव नेपाल, झलनाथ खनालसहित ११ जनासँग स्पष्टीकरण सोध्ने निर्णय भएको बताए ।

शुक्रबार संविधानको धारा ७६९५० बमोजिम प्रधानमन्त्रीमा नियुक्तिका लागि कांग्रेस सभापति देउवाले दाबी गर्दा एमालेको नेपाल(खनाल समूहका २६ सांसदले हस्ताक्षर गरेको बताइएको थियो । तर उनीहरुमध्ये धेरैले आफ्नो हस्ताक्षर दुरुपयोग भएको जवाफ पार्टीमा दिएकाले ११ जनासँगमात्र स्पष्टीकरण सोधिएको ज्ञवालीले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...