एमाले स्थायी कमिटी बैठक बालुवाटारमा सुरु

Uml

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । बैठक ४ बजे बस्ने भनिए पनि प्रधानमन्त्रीको व्यस्तताका कारण डेढ घण्टा ढिला भएको हो ।

माधवकुमार नेपालपक्षका नेताहरूले विपक्षी गठबन्धनमा लागेर पार्टीविरुद्ध गतिविधि गरिरहेको र पार्टीको आधिकारिक उम्मेदवार रामबहादुर थापा बादललाई निर्वाचनमा मतदान नगरेको विषयबारे बैठकमा छलफल हुने नेताहरूले बताएका छन् ।

आजको बैठकले नेपाल–खनाल समूहलाई कारबाही गरिने बुझिएको छ । यसअधि वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाइसकेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...