प्रतिपक्षी दल भन्छन्, प्रधानमन्त्री र राष्ट्रपतिबाट मध्यराती ‘कु’ भयो

Consultation meeting pm kp sharma oli

काठमाडौं । मध्यराती प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकलले प्रतिनिधिसभाको भंग गरी दुई चरणमा निर्वाचन घोषणा गरेपछि नेपाली राजनीतिमा नयाँ तरंग ल्याइदिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहितका दलहरुले मध्यराती गरिएको उक्त कदमलाई ‘कु’ को संज्ञा दिएका छन् ।

जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले मध्यावधि चुनाव नभइ संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपञ्च भएको टिप्पणी गरेका छन् ।

शनिबार विहान भट्टराईले ट्वीटरमार्फत भित्री बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र र सेटिङमा फेरि प्रतिक्रान्तिकारी हर्कत शुरू भएको उल्लेख गरेका छन् ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट संविधान समाप्त गर्ने काम भएको बताएका छन् । राष्ट्रपति भण्डारीले संसद् विघटन गरी चुनाव घोषणा गरेपछि प्रतिक्रिया जनाउँदै नेता कोइरालाले संविधानलाई समाप्त गर्ने काम भएको बताएका हुन् ।

उनले भनेका छन्, ‘संविधानलाई समाप्त गर्ने काम भएको छ। राष्ट्रपतिको यो कदम कदापि क्षम्य हुनै सक्दैन ।’ राष्ट्रपतिले आफ्नो पदको गरिमा र मर्याद कुल्चेको कोइरालाले बताएका छन् । उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आफ्नो पदको गरिमा र मर्यादा कुल्चेर संविधानको संरक्षक राष्ट्रपतिबाट मध्यरातमा फेरि पनि संविधान च्यात्ने काम भयो ।’

नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ भनेका छन् ।

शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले ‘मध्यरातको डकैती’ भनेका हुन् । उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...