राष्ट्रपतिले दिएको समय सकियो : गोल गर्ने बल चाँही ओलीकै खल्तिमा
काठमाडौं । संविधानको धारा ७६ को उपधारा ५ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले वैकल्पिक सरकार गठनका लागि दिएको समय सकिएको छ ।
राष्ट्रपतिले दिएको समयसीमामा प्रधानमन्त्रीका लागि प्रधानमन्त्री केपी ओलीले फेरि दावी प्रस्तुत गरेका छन् । उनले आफ्नो पक्षमा १५३ सांसद रहेको दावी गरेका छन् ।
सो समयभित्र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आफुसँग १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दावी परेका छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले र जसपाका गरी १५३ सांसदको समर्थन आफूलाई रहेको दावी राष्ट्रपतिसमक्ष पेश गरेका छन् । तर, विपक्षी गठबन्धनले भने ओलीले सांसदहरुको हस्ताक्षर पेश नगरेकाले उनको दावीको अर्थ नहुने बताएका छन् ।
विपक्षी गठबन्धनले हस्ताक्षर सहितको पत्र राष्ट्रपति कार्यालयमा दर्ता गरेको छ । गरिएको पत्र लिएर पुगेका विपक्षी गठबन्धनका नेताहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफूले कानुन पनि हेर्ने बताएकी छन् ।
माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार उनले प्रधानमन्त्री केपी शर्मा ओली पनि बहुमत दावी गर्न आएको भन्दै आफूले कानुन हेर्ने बताएकी हुन् । भण्डारीले कानूनी पक्षबारे परामर्श गरेर मात्र प्रधानमन्त्री नियुक्तिबारे निर्णय लिने बताएकी हुन् ।
त्यो भेटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणजी श्रेष्ठ प्रकाश, जसपा अध्यक्ष उपेन्द्र यादव र नेता महेन्द्र राय यादव र राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेल पनि सहभागी थिए ।
प्रतिकृया दिनुहोस