देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर संकलन, हस्ताक्षरसहित नेताहरू राष्ट्रपति कार्यालयमा

Thumb.php 623132

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालय पुगेका छन् ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा संयुक्त बैठकपछि नेताहरु शीतल निवासतर्फ लागेका हुन् । बैठकको सहमतिअनुसार कांग्रेस सभापति देउवाका पक्षमा १४९ सांसदको हस्ताक्षर संकलन भएको माओवादी केन्द्रका नेता वर्षमान पुनले जानकारी दिए ।

उनका अनुसार कांग्रेस, माओवादी, जसपा र एमालेको माधवकुमार नेपाल समूह सांसहरुले हस्ताक्षर गरेका छन् । कांग्रेस सांसद गगन थापाका अनुसार एमाले नेपाल समूहका २७ सांसदले देउवाको पक्षमा हस्ताक्षर गरेका छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नयाँ सरकार गठनका लागि प्रतिनिधिसभा सदस्यहरूलाई शुक्रबार साँझ ५ बजेसम्मको समय दिएकी छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...