राजनीतिक संकट चुलिँदै : सत्ताको तीर राजपाका ठाकुरतिरै सोझिएकै हो ?
काठमाडौं । राष्ट्रपति र प्रधानमन्त्रीको कदमपछि विपक्षी दलहरु भावी रणनीति बनाउन आपत्कालिन छलफलमा जुटेका छन् । नेपाली कांग्रेसले सभापति शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा पदाधिकारी र पुर्व पदाधिकारीहरूको बैठक बोलाएको छ भने माओवादीले पनि बैठक बोलाउने तयारी गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको ‘अनुरोध’मा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार ५ बजेसम्मको समय दिएर नयाँ प्रधानमन्त्रीमा दाबी गर्न आह्वान गरेसँगै राजनीतिक सरगर्मी बढेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री केपी शर्मा ओलीले ‘अनुरोध’ पत्र शितल निवास पठाएका थिए ।
राजनीतिक घटनाक्रममा आएको यो परिवर्तनपछि संसद्को चौथो ठूलो दल जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार निर्माणमा निर्णायक देखिएको छ । सरकारको नेतृत्वको प्रस्ताव जसपालाई आउन सक्ने राजनीतिक विश्लेषकहरूले बताइरहेका छन् ।
प्रधानमन्त्री ओलीको सिफारिसमा बिहीबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अुनसार नयाँ सरकार गठनका लागि आव्हान गरेकी थिइन् । संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री बनेका ओलीले आफुले विश्वासको मत लिन नपाउने अवस्था भएपछि संविधानको धारा ७६ को ४ मा प्रवेश नै नगरी उपधारा ५ मा जान सिफारिस गरेका हुन् ।
यही मौकामा राजपा ध्यक्ष आफै सत्ता हत्याउन लागिपरेका छन् । त्यसो त प्रधानमन्त्री ओलीले बालुवाटारबाट राष्ट्रपति भण्डारीका नाममा अनुरोध पत्र लेखेपछि बिहीबार साँझ जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग लामो छलफल गरेका थिए । जसपाका नेताहरूलाई मनाउनकै लागि ओलीले नागरिकता ऐन २०६३ लाई संशोधन गर्न अध्यादेश पनि राष्ट्रपति कार्यालय पठाएका छन् ।
ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने प्रस्तावमा माओवादी सहमत भइसकेको र सम्भवतः कांग्रेसले पनि मान्ने दाबी राईको छ । ठाकुरले नै मान्ने नमान्नेबारे अध्यक्षद्वय भेटपछि निर्क्यौल हुने राजपा नेताहरुको ठम्याई छ । जसपामा ठाकुर पक्षका नेता लक्ष्मणलाल कर्णले भने ३२ सिट भएको पार्टीले सरकार सञ्चालनकै लागि अग्रसर हुन नहुने बताउँछन् ।
प्रधानमन्त्री ओलीले पछिल्लो समय जसपाको ठाकुर र महतो पक्षलाई रोक्नका लागि एकपछि अर्को माग पूरा गरिदिएकाले ठाकुर अप्ठ्यारोमा परेको ती सांसदको भनाइ थियो ।
प्रतिकृया दिनुहोस