राष्ट्रपति र प्रधानमन्त्रीप्रति कांग्रेस असन्तुष्ट, पदाधिकारी बैठकपछि अविश्वासको प्रस्ताव ल्याउने तयारी

Sher bdr deuwa

काठमाडौं । बदलिँदो राजनीतिक परिस्थितीको समिक्षा गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६ ९५० अनुसार सरकार गठन गर्न आह्वान गरेपछि त्यसबारे निर्णय लिन कांग्रेसले विज्ञप्ति जारी गर्दै पदाधिकारीसहितको बैठक बोलाएको हो ।

नेपाली काँग्रेसले राष्ट्रपतिबाट बिहीबार नयाँ सरकार गठन गर्नका लागि प्रक्रिया सुरु गर्न आह्वान गर्नु असंवैधानिक भएको बताइसकेको छ । यस सम्बन्धमा छलफल गरी आवश्यक निर्णय गर्न बिहान ९ बजे देउवा निवास बुढानिलकण्ठमा नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी एवं पूर्व पदाधिकारीहरूको बैठक बोलाएको छ ।

बैठकमा राष्ट्रपतिको पछिल्लो आह्वानपछि पार्टीले चाल्ने कदमका विषयमा छलफल हुने जनाइएको छ । विहीबार साँझ राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको ७६ ९५० अनुसार सरकारका लागि दाबी प्रस्तुत गर्न आह्वान गरेकी हुन् । उनले आज बेलुका पाँच बजेसम्मको समय दिएकी छिन् ।

प्रधानमन्त्रीले विश्वासको मत नलिने हो भने त्यसअघि नै राजीनामा दिनुपर्ने कांग्रेसको तर्क छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध कडा कदम चाल्ने बताइसकेको छ ।

आज बस्ने पार्टी पदाधिकारी, पूर्वपदाधिकारी र संसदीय दलका पदाधिकारीको बैठकपछि राष्ट्रपतिमाथि महाअभियोग र प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याइने कांग्रेस नेताहरुले बताएका छन् ।

सभापति देउवाले पार्टीका नेताहरुसँग विहीबार साँझै टेलिफोन संवाद गरिसकेका छन् । नेताहरुसँगको कुराकानीपछि सभापति देउवा राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध कडा कदम उठाउनुपर्ने निष्कर्षमा पुगेको बुझिएको छ ।

उता माओवादी अध्यक्ष प्रचण्डले पनि राष्ट्रपतिले संविधान र लोकतन्त्र मास्न खोजेको भन्दै यो क्षम्य नहुने बताएका छन् । प्रचण्डको आक्रोश हेर्दा माओवादीले पनि राष्ट्रपतिमाथि महाअभियोग लगाउने काँग्रेसको प्रस्तावलाई समर्थन जनाउने संकेत देखिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...