५०८८ मतभार पाएर राष्ट्रियसभा सदस्यमा डा. खिमलाल देवकोटा विजयी

Khim lal devkota 6

काठमाडौं । नेकपा एमालेको उम्मेदवार तथा निवर्तमान गृहमन्त्री रामबहादुर थापा बादललाई हराउँदै राष्ट्रियसभा सदस्यमा स्वतन्त्र उम्म्ेदवार डा. खिमलाल देवकोटा विजयी भएका छन् । उनले ५०८८ मतभार पाए ।

प्रदेशसभामा बादलले ४५ मत पाउँदा खिमलालले ५८ तथा तामाङले २ मत पाए । बादलले पाएको ४५ मतको मतभार २१६० हुन्छ भने खिमलालले पाएको ५८ मतको मतभार २७८४ हुन्छ ।

डा. देवकोटाले प्रदेशसभाको मत गन्न बाँकी रहँदा नै १२८ मत पाएका थिए भने बादलले १०३ मत मात्रै पाएका थिए । २ मत नेमकिपाका उम्मेदवार कृष्णबहादुर तामाङले पाएका थिए ।

देवकोटालाई नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एमालेको माधवकुमार नेपाल समूहको समर्थन थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...