स्थायी कमिटिका सबै अधिकार अध्यक्ष ओलीलाई, माधव नेपालसहित चार नेताको निलम्बन फुकुवा

Oli 88

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको सबै अधिकार आफुमा केन्द्रित गराएका छन् ।

बिहीबार बिहान बालुवाटारमा बसेको स्थायी कमिटिले आफूमा भएको अधिकार अध्यक्षलाई दिने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

उनका अनुसार राष्टिय राजनीतिका विषयमा पार्टीले तत्काल बैठक बसेर निर्णय लिन अहिलेको अवस्थामा कठिन भएकाले अधिकार दिने निर्णय भएको बताए।

यस्तै बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई ६ महिनाका लागि गरेको निलम्बन फुकुवा गरेको छ। नेपालसहित उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र नेता सुरेन्द्र पाण्डेमाथि गरेको कारबाही फुवाव गर्ने निर्णय गरको प्रवक्ता ज्ञवालीले जानकारी दिए। गत चैत १६ र १९ गते नेताहरुलाई ओलीले निलम्बन गरेका थिए।

पार्टीभित्र अन्तरविरोध बढ्दै जाँदा नेपाल पक्षले सांसद पदबाट राजीनामा नै दिएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठनका लागि सहयोग गर्ने दिशामा अघि बढेपछि ओलीले कारबाही फुकुवा गरिदिएका हुन्।

राजीनामाबाट रोक्न ओली पक्षीय नेताहरुले नेपालसँग छलफल गरिरहेका बेला कारबाही फुकुवा गरेर वातावरण केही सहज बनाउन खोजेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...