बालुवाटार पुगेका महन्थ र राजेन्द्रले भने, ‘तपाईलाई विश्वासको मत दिन सक्दैनौँ’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुले विश्वासको मत दिन नसकिने स्पष्ट पारेका छन् ।
नेता महन्थ ठाकुर र राजेन्द्र महतो प्रधानमन्त्री निवास बालुवाटार पुगेर यस्तो बताएका छन् ।
महतोले भने, “प्रधानमन्त्रीले हामीसँग विश्वासको मत माग्नुभयो । हामीले अहिले तपाईंलाई विश्वासको मत दिन सक्दैनौँ भन्यौँ । अर्को कुरा तपाईंले केही माग पूरा गरिदिनुभएकाले विपक्षमा पनि जान सक्दैनौँ भन्यौँ ।”
उनका अनुसार भोलि हुने मतदानमा जसपा तटस्थ बस्नेछ ।
प्रतिकृया दिनुहोस