प्रधानमन्त्री ओलीले बोलाए साँझ ५ बजेका लागि मन्त्रिपरिषद् बैठक  

Uml cpn uml

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले द्रुत गतिमा सरकार र पार्टी  बैठकहरु  बढाएका छन्।

उनले बिहीबार साँझ ५ बजे मन्त्रिपरिषद् बैठक बोलाएको पुष्टि भएको छ। यसअघि बिहीबार बिहान १० बजे उनले आफू पक्षीय एमाले स्थायी कमिटी बैठक बोलाएका थिए।

बैठक सकिएलगत्तै उनी राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए।

भण्डारीलाई भेटेपछि उनले मन्त्रिपरिषद् बैठकका लागि सबै मन्त्रीहरुलाई सूचना पठाउन निर्देशन दिएको बुझिएको छ।

बिहीबारको मन्त्रिपरिषद् बैठकमा कोरोना संक्रमण नियन्त्रण र अन्य मामिलामा पनि छलफल र निर्णयहरु हुन सक्ने एक मन्त्रीले बताए। उनका अनुसार यो बैठक नियमित हो।

ओलीले आगामी २७ गते संसदमा विश्वासको मत लिने निर्णय गरेका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...