देउवा भेट्न प्रधानमन्त्री ओलीसहितका एमाले नेताहरु बुढानिलकण्ठमा

Deuba oli

 

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका एमाले नेताहरु बुढानिलकण्ठ पुगेका छन्। २७ गते ओलीले संसदमा विश्वासको मत लिने निर्णय भएको अवस्थामा ओली दलबलसहित देउवालाई भेट्न गएका हुन्।

यसअघि बालुवाटारमै देउवालाई बोलाएर भेट्दै आएका ओली यसपटक आफैँ उनको निवास पुगेका हुन्। बुढानिलकण्ड जानुअघि एमाले नेताहरुले बालुवाटारमा छलफल गरेका छन्।

स्रोतका अनुसार ओलीसहित ईश्वर पोखरेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल रहेका छन्। कांग्रेसले अ‍ोलीको विपक्षमा मत हाल्ने निर्णय मंगलबार गरेको थियो।

ओलीलाई सत्ताबाट निकाल्नका लागि कांग्रेससहित माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्ष आन्तरिक छलफलमा जुटिरहेका छन्।नेताहरुबीच अहिले कुराकानी भइरहेको देउवाको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...