माओवादी केन्द्रले ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र आज बुझाउँदै  

Mawobadi kendra baithak 1

काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र आज बुझाउने भएको छ । माओवादीले आज संसद सचिवालयमा समर्थन फिर्ताको पत्र बुझाउन लागेको हो ।

मंगलबार बसेको माओवादीको स्थायी समिति बैठकले सरकारलाई दिएको सर्मथन फिर्ता लिने निर्णय गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख २७ गते विश्वासको मत लिने भन्दै प्रतिनिधिसभा बैठकको अधिवेशन आह्वान गरिसकेको अवस्थामा माओवादीले समर्थन फिर्ता लिएको हो ।

माओवादी केन्द्रका प्रमुख सेचतक देव गुरुङले १२ बजे सचिवालयमा गएर सर्मथनको पत्र दर्ता गर्न लागेको जानकारी दिएका छन् । प्रतिनिधिसभामा सभामुखसहित माओवादी केन्द्रका ५० सांसद छन् । माओवादीले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...