कांग्रेस पदाधिकारी बैठक बस्दै, देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने

Congress 6562323

काठमाडौं । देशको पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न नेपाली कांग्रेसको पदाधिकारी बैठक बस्दै छ। यसअघि बोलाइएको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि  स्थगित भएको थियो। 

बैठक आज (मंगलबार) दिउँसो २ बजे पार्टी सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए। 

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने घोषणा गरेपछिको परिस्थितिबारे छलफल हुने पौडेलको भनाइ छ। 

बैठकमा विभिन्न प्रदेशमा उत्पन्न पछिल्ला घटनाबारे पनि समीक्षा हुने उनको भनाइ छ। बैठकमा पार्टीको आसन्न १४औं महाधिवेशनका विषयमा समेत छलफल हुने बताइएको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...