प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई

Kp oli pm office3

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिएका छन् ।प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिएका हुन् ।

शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो । “नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ”, ट्वीटमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...