खेलकुद महासंघको इन्चार्ज बने एमाले नेता महेश बस्नेत

Mahesh basnet

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले   नेपाल खेलकुद महासंघमा इन्चार्जको जिम्मेवारी पाएका छन् । शुक्रबार तोकिएको जिम्मेवारी अनुसार बस्नेत युवा संघ नेपाल र नेपाल खेलकुद महासंघआवद्ध संगठनहरूको इन्चार्ज बनेका हुन् ।

युवा संघको पूर्व अध्यक्षसमेत रहेका बस्नेत पार्टी एकताकै बेला पनि युवा इन्चार्ज रहेका थिए । युथ फोर्सको संस्थापक संयोजकसमेत रहेका बस्नेत पूर्वउद्योगमन्त्री समेत हुन् ।

बस्नेतनिकट युवा संघका पूर्व अध्यक्ष रमेश पौडेल हालै नेपाल खेलकुद महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । उनी एमाले केन्द्रीय सदस्य बस्नेत भक्तपुर २ बाट प्रत्यक्ष निर्वाचित सांसद समेत हुन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...