प्रदेशसभाको बैठक अवरुद्ध, अव बैशाख ५ गते मात्रै बस्ने

Pradesh sava 1

विराटनगर । सोमबार बसेको प्रदेश–१ को प्रदेशसभाको बैठक नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीले अवरुद्ध गरेका छन् ।

प्रतिपक्षी दलले अवरोध गरेपछि प्रदेश १ को प्रदेशसभा बैठक वैशाख ५ गतेसम्मका लागि स्थगित भएको छ । जारी हिउँदे अधिवेशनमा प्रतिपक्षी दलहरुले चालु वर्षका लागि स्वीकृत कार्यक्रमहरु सुचारू गर्नुपर्ने, विकास आयोजनालाई निरन्तरता दिनुपर्ने, अलपत्र रहेका बहुवर्षे विकास आयोजनाको काम सुचारु गर्नुपर्ने माग राखेर बैठक अवरुद्ध गरेका हुन् ।

मुख्यमन्त्री शेरधन राईले आजका लागि बैठक आह्वान गरेका थिए । तर प्रतिपक्षीको माग सम्बोधन गर्न सरकार तयार नदेखिएपछि अवरोध गरेको जनता समाजवादी पार्टी प्रदेश १ संसदीय दलका नेता जयराम यादवले जानकारी दिए ।

संसद अवरुद्ध भएपछि उपसभामुख सरस्वती पोखरेलले प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको आठौं बैठक वैशाख ५ गते दिउँसो १ बजे सम्मका लागि स्थगित गरेको घोषणा गरिन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...