नेकपा एमालेको नेपाल - खनाल समूहद्वारा बागमती प्रदेश कमिटी गठन

Nepal khanal

काठमाडौं । देशव्यापी समानान्तर कमिटीको अभ्यास थालेको नेकपा एमाले नेपाल–खनाल समूहले अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा आज बागमती प्रदेशमा पनि अलग्गै कमिटी बनाएको छ।

बल्खुस्थित सिद्धिगणेश पार्टी प्यालेसमा बसेको बागमती प्रदेशको स्थायी कमिटी बैठकले नतृ अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा समानान्तर कमिटी घोषणा गरेको हो । नेताहरु केदार न्यौपाने,अरुण नेपाल र पशुपति चौलागाईंलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ ।

सर्वोच्च अदालतको फैसलाले पहिलेकै अवस्थामा फर्काइदिए पनि नेकपामा हुँदाको विवाद एमालेमा पनि कायमै छ । अध्यक्ष केपी शर्मा ओलीले २०७५ जेठ २ गतेसम्मको कमिटीलाई मान्यता नदिई आफूखुसी फेरबदल गरेको भन्दै माधव नेपाल र झलनाथ खनाल समूहले केन्द्रदेखि वडा तहसम्म समानान्तर कमिटी बनाउने अभियान थालेको हो।

आजै सुदूरपश्चिम प्रदेशमा पनि नेपाल–खनाल समूहले अलग्गै कमिटी घोषणा गर्दै छ। तत्कालिन एमालेका सुदूरपश्चिम ईन्चार्ज भीम रावलले अलग कमिटी गठन गर्न लागेका हुन् ।

सर्वोच्च अदालतले फैसला गरेको ५ दिनपछि फागुन २८ गते अध्यक्ष ओलीले आफूपक्षीय केन्द्रीय बैठक राखी खनाल–नेपाल पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए ।

अध्यक्ष ओलीले गृहमन्त्री रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ नेतालाई एमालेको केन्द्रीय सदस्य बनाउने निर्णय गरेपछि चर्किएको विवाद उत्कर्षमा पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...