संसद्मा सरकारको आलोचना : शिलान्यासको रहर मेट्न रेड बुकका सबै योजना शिलान्यास गर्न सांसद्को शाहको सुझाव

Capture 22333

काठमाडौँ ।  काँग्रेस सांसद भरतकुमार शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई शिलान्यासको रहर लागेको बताएका छन् ।

उनले हालै डीपीआरविनै १६५ वटा सडकको शिलान्यास गरेको भन्दै प्रधानमन्त्रीलाई शिलान्यासको रहर नै भए एकैपटक रेडबुक नै शिलान्यास गर्न सुझाव दिएका हुन् ।

सोमबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शाहले भने, ‘प्रधानमन्त्रीले भर्खरै १६५ वटा रणनैतिक सडकको शिलान्यास गर्नुभएको छ । ती सडकको न एलाइनमेन्ट भएको छ । न डीपीआर भएको छ । यदि शिलान्यासको रहर नै हो भने रेडबुक एकैचोटी गर्दिए भइहाल्यो नि १’ भनेर व्यङ्ग्य गरे ।  साथै उनले लुम्बिनीमा आगलागीबाट क्षति व्यहोरेकाहरुलाई तत्काल क्षतिपूर्ति दिन माग गरे ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...