सरकारको विरोध गर्ने कांग्रेस, प्रशंसा गर्ने राजपामा बाबुराम भट्टराई !

Baburam bhattrai

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक सरकार बनाउन अग्रसरता दिने नेपाली कांग्रेसको निर्णय सह्रानीय भएको प्रतिक्रिया दिएका छन् । प्रतिपक्षीय धर्म निभाउन बल्ल कांग्रेस तयार भएकोमा प्रशंसा पनि गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने कांग्रेसको निर्णयलाई डा. भट्टराईले सराहनीय भनेका हुन् ।उनले शनिबार बिहान ट्वीटरमा लेखेका छन्, ‘अन्ततः प्रमुख प्रतिपक्षी कांग्रेसको प्रतिपक्षीय धर्म निभाउने संकेत सराहनीय छ । अरू प्रतिपक्षी दलले पनि आफ्नो कर्तव्य नभुलौं ।’

जसपाले निलम्बित सांसद रेशम चौधरीलगायतका मधेस–थरुहट आन्दोलनका बन्दीहरुको रिहाइ, मुद्दा फिर्ता, नागरिकता र संविधान संशोधनको विषय सत्ता सहकार्यको सर्त बनाएका बेला भट्टराईको यस्तो भनाइ आएको हो । प्रधानमन्त्री ओलीको विकल्प खोज्ने विषयमा जसपामा दुई धार छ ।

अध्यक्ष उपेन्द्र यादव र भट्टराई ओलीको विकल्पमा जोड दिइरहेका छन् भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो आफ्ना माग सम्बोधन भए ओलीसँग सहकार्य गर्न तयार देखिन्छ । काँग्रेसको निर्णयपछि अब जसपाले पनि विपक्षी पार्टीका रुपमा ओलीको विकल्पमा उभिने संस्थागत निर्णय लिनुपर्ने भट्टराईको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...