आहा रारा गोल्ड कप आजदेखि सुरु हुँदै

Rara gold cup

पोखरा । आहा रारा गोल्ड कप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ । प्रतियोगितामा एक विदेशीसहित आठ टिम सहभागी हुनेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक सहारा क्लब पोखरा र सशस्त्र प्रहरीको एपीएफ क्लब खेल्दैछन् ।

प्रतियोगितामा सहारा र एपीएफसहित नेपालका ‘ए’ डिभिजन क्लबहरु मनाङ मर्स्याङ्दी, नेपाल पुलिस क्लब, थ्रीस्टार, सङ्कटा क्लब र मच्छिन्द्र क्लब र विदेशी टिम अफ्रिकन रुट एशोसिएशन, डउला क्यामरुन सहभागी हुने आयोजक सहारा क्लबका अध्यक्ष केशवबहादुर थापाले जानकारी दिए ।

प्रतियोगिताको विजेता टिमले १० लाख एक हजार तथा उप–विजेताले पाँच लाख एक हजार रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...