नेपाल पक्षीय स्थायी कमिटी बैठक कलंकीमा सुरु
काठमाडौँ । माधवकुमार नेपाल पक्षधरका नेकपा एमालेका स्थायी कमिटी सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेघा पार्टी प्यालेसमा नेताहरू भेला भएका छन् ।
अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेको नाममा गुटगत भेला गरेको र साथै पार्टी हितविपरीत कारवाही गरेको भन्दै माधव नेपाल र भीम रावललाई ६ महिनाको लागि साधारण सदस्यबाट निलम्बन गरेपछि माधव पक्षधरले बैठक बोलाएको हो ।
नेताहरूमाथिको कारबाहीपछि पछिल्लो परिस्थितिका विषयमा छलफल गर्न बोलाइएको नेपाल पक्षको बैठकले भावी रणनीतिबारे छलफल गर्ने बताइएको छ ।
प्रतिकृया दिनुहोस