‘हिमालयन चितुवा’ अविरलले जिते ‘के वान फेस्टिबल २०२१’को उपाधि

Himalayan chituwa1606130056

काठमाडौँ । युवापुस्ताका चर्चित अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘के वान फेस्टिबल २०२१’ को उपाधि  चुमेका छन्। जापानको टोकियोमा आज सम्पन्न सो महोत्सवमा उनले जापानी बक्सर खोतेजुलाई पहिलो राउण्डमा परास्त गर्दै नेपालका लागि ऐतिहासिक जित दिलाएका हुन्।

विश्वका चर्चित बक्सरलाई मात्र सो महोत्सवमा खेलाइने गरिन्छ। हिमालयन चितुवा नामले विश्व प्रसिद्ध अविरल कम उमेरका सो प्रतियोगिता हात पार्ने पहिलो नेपाली युवा खेलाडी बनेका छन्।

दश हजारभन्दा बढी जापानीले विश्वचर्चित सो भिडन्त हलमा हेरेका थिए भने आबेमा युट्युव च्यानलमार्फत विश्वभर प्रत्यक्ष हेरिएको थियो। अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका छोरा अविरलले बुबाकै विशेष प्रशिक्षणमा महोत्सवको तयारी गरेका थिए।

महोत्सवको उपाधि हात पारेपछि अबिरलले सामाजिक सञ्जालमा भनेका छन्, ‘यो नेपालीका लागि ऐतिहासिक विजय हो। के वान फेस्टिबल २०२१’ को उपाधि हात पार्नु मेरा लागि आफैमा प्रतिष्ठाको विषय हो। म मेरा पिता देवकुमारलाई विशेष धन्यवाद दिन चाहन्छु।’

सानो उमेरमा बक्सिङमा ऐतिहासिक सफलता हात पार्दै आएका उनले हालै सम्पन्न विश्वको प्रतिष्ठित ‘के वन किक बक्सिङ अन्तरराष्ट्रिय प्रतियोगिता २०२०’ मा दोस्रो स्थान प्राप्त गर्न सफल भएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...